About Us

Sandwich Home Solution Pvt. Ltd. नेपालमा नै सर्वप्रथम अत्याधुनिक स्वचालित मेशिनबाट छाना छाउनका लागि 𝗦𝗮𝗻𝗱𝘄𝗶𝗰𝗵 𝗣𝗨𝗙 𝗥𝗼𝗼𝗳𝗶𝗻𝗴 𝗣𝗮𝗻𝗲𝗹, भित्ता र पार्टिसनको लागि 𝗦𝗮𝗻𝗱𝘄𝗶𝗰𝗵 𝗣𝗨𝗙 𝗪𝗮𝗹𝗹/𝗣𝗮𝗿𝘁𝗶𝘁𝗶𝗼𝗻 𝗣𝗮𝗻𝗲𝗹, छानाको सुन्दरता र मजबुतीको लागि 𝗧𝗶𝗹𝗲 𝗦𝗵𝗮𝗽𝗲𝗱 𝗥𝗼𝗼𝗳𝗶𝗻𝗴 𝗦𝗵𝗲𝗲𝘁, Polycarbonate Sheets,  𝗖 & 𝗭 पर्लिन लगाएतका गुणस्तरीय निर्माण सामाग्री उत्पादन गर्ने उद्योग हो ।

दुवै पट्टि बाहिरि सतहमा 𝗖𝗼𝗿𝗿𝘂𝗴𝗮𝘁𝗲𝗱 𝗖𝗼𝗹𝗼𝗿𝗲𝗱 𝗦𝗵𝗲𝗲𝘁 र भित्रि भागमा 𝗣𝗼𝗹𝘆𝘂𝗿𝗲𝘁𝗵𝗮𝗻𝗲 𝗙𝗼𝗮𝗺 बाट 𝗦𝗮𝗻𝗱𝘄𝗶𝗰𝗵 𝗣𝗮𝗻𝗲𝗹 को निर्माण हुने हुनाले यसका उत्पादनहरू प्रयोग गरी बनाइएका घरहरू अत्यन्त मजबुत, भूकम्पीय जोखिम न्यूनीकरणमा उपयोगी निर्माण र ताप निरोधक हुन्छन् । सामान्य खालका अग्निजन्य जोखिमबाट पनि यस प्रकारका घरहरू सुरक्षित हुन्छन ।

नेपाली समाज बिस्तारै सहरीकरण तर्फ उन्मुख हुदै गरेको भएपनि ग्रामिण भेगमा बन्ने अधिकांश घरहरू ढुङ्गा, माटो र ईटा जस्ता सामाग्रीहरू प्रयोग गरेर बनाउने चलन कायमै छ । शहरी क्षेत्रमा बनेका पक्कि भनिएका घरहरू समेत प्राविधिकहरूले तोकेको न्युनतम मापदण्ड पुरा गरि बनाइएका छैनन् । बास्तबमा भन्नुपर्दा औसत नेपालीको कमाइबाट सबै मापदण्ड पुरा गरी घर निर्माण गर्ने अवस्था पनि छैन । त्यसकारण, हामिले आफ्नो सुरक्षाका लागि बनाएका घर असुरक्षाका कारक बनिरहेका छन् ।

बैज्ञानिकहरूको भनाइमा नेपाल संसारमानै उच्च भुकम्पिय जोखिम भएका देशहरू मध्य एक हो । हामीहरूले आफ्नै जिवनकालमा अत्यन्त डरलाग्दा प्रकृतिका भुकम्पहरू भोगेका छौं । यसकारण अब बन्ने घरहरू पनि भुकम्पिय जोखिम न्यूनीकरण गर्न सक्ने गरी बनाउन सकिएन भने भविष्यमा पछुताउनुको विकल्प रहदैन ।

अर्कोतर्फ, हामि बस्ने घर सुविधाजनक पनि हुनु जरुरी छ । नेपाल औसत तापक्रममा निकै ठूलो अन्तर भएको देश हो । पहाड र तराईमा गर्मी याममा ३० देखि ४० डिग्री सेल्सियस सम्म पुग्ने तापक्रम हिउद याममा आइपुग्दा ० डिग्री देखि ५ डिग्रीको वरिपरी आइपुग्छ । यसैगरी हिमाली क्षेत्रमा बर्षै भरी अत्यन्त जाडो हुने गर्दछ ।

अबका दिनहरुमा यस किसिमका मौसमी प्रतिकूलताको प्रभावलाई न्युनिकरण गर्ने खालका निर्माण प्रविधिको प्रयोग गर्नु हाम्रो लागि अत्यावश्यक छ । यिनै तथ्यहरूलाई आत्मसाथ गर्दै स्याण्डविच होम सोलुसन प्रा. लि. ले वातानुकूलित र भूकम्पीय जोखिम न्यूनीकरणमा उपयोगी निर्माण गर्ने विकल्प अघि सारेको छ ।

cost effective pre fab houses in low budget

निर्माण तथा व्यवस्थापनमा सहज

चिसो तातोको असरबाट मुक्त

भूकम्पीय जोखिम न्यूनीकरणमा उपयोगी निर्माण

उच्च गुणस्तरको कच्चा पदार्थबाट उत्पादित

छाना मुनी False Ceiling गर्नु नपर्ने

जडानको लागि सहज

ग्राहकको आवश्यकता अनुसारको साईजमा उपलब्ध

२५ फिटसम्मको छाना तथा पर्खाल (दिवाल) को लागि जोड लगाउनु नपर्ने

अत्यन्तै कम वजन भएको

सबै आर्थिक क्षमताका परिवारले प्रयोग गर्न सक्ने

चलनचल्तीका निर्माण सामग्री भन्दा टिकाउ

युरोप तथा पश्चिमी देशमा अत्याधिक प्रयोग भएको

रङ्गरोगन गर्नु नपर्ने

छाना छाउन तथा दिवाल एवं पार्टिशनको लागि सर्वोत्तम

विभिन्न थरिका आकर्षक रंगमा उपलब्ध

टुक्रा खेर फाल्नु नपर्ने

Residential Houses | Office Building

Factory Shed | Farm House

Conference Hall & Party Palace

Poultry Shed | Cold Storage

School | College | Hostel Building

Hospital | Medical College | Pharmaceutical

Army Camp & Barracks

Compound Walls, & Boundaries