नेपाली समाज बिस्तारै सहरीकरण तर्फ उन्मुख हुदै गरेको भएपनि ग्रामिण भेगमा बन्ने अधिकांश घरहरू ढुङ्गा, माटो र ईटा जस्ता सामाग्रीहरू प्रयोग गरेर बनाउने चलन कायमै छ । स्याण्डविच पफ प्यानलको उत्पादन स्वदेशमा नै हुन थालेपछि भूकम्पीय जोखिमबाट सुरक्षित आवास निर्माण अभियानले नेपालमा नयाँ मोड लिएको छ ।
अत्यन्तै कम तौल हुने यस प्रकारका प्यानलहरू फलामे संरचना अथवा सिमेन्टका पिलरहरूमा जडान गरी प्रयोग गरिन्छ । यस्ता प्यानलबाट बनेका आवासहरू भूकम्पीय जोखिम न्यूनीकरणमा उपयोगी निर्माण मात्र नभई तातो चिसोको असरबाट पनि मुक्त हुन्छन् ।
अत्याधुनिक मेसिनको सहायताबाट ग्यल्भनाइज्ड गरिएका दुईवटा रंगिन पाताको बीचमा पोलीयुरेथिन इन्जेक्ट गरी यस प्रकारका प्यानलको उत्पादन गर्ने प्रविधि भरतपुर-९, चितवनमा अवस्थित स्याण्डविच होम सोलुसन प्रा. ली.ले नेपालमा भित्र्याएको हो ।