How We Work

Posted by: sandwich Comments: 0 Post Date: February 26, 2018

How We Work

नेपाली समाज बिस्तारै सहरीकरण तर्फ उन्मुख हुदै गरेको भएपनि ग्रामिण भेगमा बन्ने अधिकांश घरहरू ढुङ्गा, माटो र ईटा जस्ता सामाग्रीहरू प्रयोग गरेर बनाउने चलन कायमै छ । शहरी क्षेत्रमा बनेका पक्कि भनिएका घरहरू समेत प्राविधिकहरूले तोकेको न्युनतम मापदण्ड पुरा गरि बनाइएका छैनन् । बास्तबमा भन्नुपर्दा औसत नेपालीको कमाइबाट सबै मापदण्ड पुरा गरी घर निर्माण गर्ने अवस्था पनि छैन । त्यसकारण, हामिले आफ्नो सुरक्षाका लागि बनाएका घर असुरक्षाका कारक बनिरहेका छन् ।

बैज्ञानिकहरूको भनाइमा नेपाल संसारमानै उच्च भुकम्पिय जोखिम भएका देशहरू मध्य एक हो । हामीहरूले आफ्नै जिवनकालमा अत्यन्त डरलाग्दा प्रकृतिका भुकम्पहरू भोगेका छौं । यसकारण अब बन्ने घरहरू पनि भुकम्पिय जोखिम सहन गर्न सक्ने गरी बनाउन सकिएन भने भविष्यमा पछुताउनुको विकल्प रहदैन ।

अर्कोतर्फ, हामि बस्ने घर सुविधाजनक पनि हुनु जरुरी छ । नेपाल औसत तापक्रममा निकै ठूलो अन्तर भएको देश हो । पहाड र तराईमा गर्मी याममा ३० देखि ४० डिग्री सेल्सियस सम्म पुग्ने तापक्रम हिउद याममा आइपुग्दा ० डिग्री देखि ५ डिग्रीको वरिपरी आइपुग्छ । यसैगरी हिमाली क्षेत्रमा बर्षै भरी अत्यन्त जाडो हुने गर्दछ ।

अबका दिनहरुमा यस किसिमका मौसमी प्रतिकूलताको प्रभावलाई न्युनिकरण गर्ने खालका निर्माण प्रविधिको प्रयोग गर्नु हाम्रो लागि अत्यावश्यक छ । यिनै तथ्यहरूलाई आत्मसाथ गर्दै स्याण्डविच होम सोलुसन प्रा. लि. ले वातानुकूलित र भुकम्प प्रतिरोधि घर र्निमाण गर्ने विकल्प अघि सारेको छ ।

Sandwitch होम सोलुसन प्रा. ली. नेपालमा नै सर्वप्रथम अत्याधुनिक स्वचालित मेशिनबाट छाना छाउनका लागि PU Sandwich Roofing Panel, भित्ता र पार्टिसनको लागि PU Sandwich Partition Panel, उच्च गुणस्तरको जस्ता पाता (Corrugated Colored Sheet), C र Z पर्लिन लगाएतका गुणस्तरीय निर्माण सामाग्री उत्पादन गर्ने उद्योग हो ।

बाहिरि सतहमा Corrugated Colored Sheet र भित्रि भागमा Polyurethane Foam बाट PU Sandwich Panel को निर्माण हुने हुनाले यसका उत्पादनहरू प्रयोग गरी बनाइएका घरहरू अत्यन्त मजबुत, भुकम्पबाट सुरक्षित र ताप निरोधक हुन्छन् । सामान्य खालका अग्नि जन्य जोखिमबाट पनि यस प्रकारका घरहरू सुरक्षित हुन्छन ।

किरा धमिराले खाने समस्या, चिरा पर्ने, पसाङ्गिने आदी जस्ता समस्याबाट पनि यी निर्माण सामाग्रीहरू पूर्णतया सुरक्षित रहन्छन् ।

Share this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *